३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

शान्ति मिसनमा खटिने सेनालाई निगमको चार्टर्ड विमानले लैजाने

रासस

काठमाडौँ — नेपाल वायु सेवा निगमले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ ।

शान्ति मिसनमा खटिने सेनालाई निगमको चार्टर्ड विमानले लैजाने

नेपाली सेनालाई यूएनको शान्ति मिसनमा लैजान नेपाल एयरलाइन्सको चार्टर्ड उडान सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा गर्ने निगमको अपरेशन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए ।

निगमको बजार विविधीकरणको योजनाअनुरुप संयुक्त राष्ट्रसंघको सेन्ट्रल अफ्रिकन रिपब्लिकन र मलिको मिनुसामा सेनालाई लैजाने सम्बन्धमा बिहीबार निगम र नेपाली सेनाका उच्च अधिकारीबीच सम्झौता भएको हो । सम्झौता अनुसार मिसनका लागि खटिने नेपाली सेनालाई आगामी आसार २४ गते वाइड बडी जहाजमार्फत अफ्रिकन रिपब्लिक र माली लगिनेछ ।

निगमको वाइडबडी जहाज काठमाडौंबाट कतारको दोहामा प्राविधिक उडान गर्दै त्यहाँबाट सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्ने जनाइएको छ । सोही जहाजबाट शान्ति मिसनमा रहेका ती मुलुकबाट सैनिक स्वदेश फर्काइनेछ । नयाँ गन्तव्यको चार्टर्ड उडानलाई कम्पनीले चुनौती र अवसर दुवैरुपमा लिएको अपरेशन प्रमुख जुहार्चनले बताए ।

निगमले जुन १२ तारिख र त्यसपछि हुने दक्षिणी सुडानलगायत गन्तव्यको उडान तालिका छिट्टै निर्धारण हुने उल्लेख गरेको छ ।

प्रकाशित : असार १८, २०७७ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?