शनिबार बस्‍ने गरी नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ — नेकपा स्थायी कमिटी बैठक शनिबार बस्ने गरी स्थगित भएको छ ।

शनिबार बस्‍ने गरी नेकपा स्थायी कमिटी बैठक स्थगित

बिहीबार बिहान ११ बजे बसेको बैठक मन्त्रिपरिषद् बैठकका कारण केही घन्टा रोकिएको थियो ।

'शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले छलफल गर्ने, पार्टीको यो संकटलाई समाधान गर्न अधिकतम् कोसिस गर्ने भनेर बैठक एक दिनको समय राखेर आजको बैठक सकिएको हो,’ एक नेताले भने ।

'सदन स्थगित नगर्नुस् भनेका थियौं । हुन्छ पनि भन्नु भयो तर अचानक स्थगित गर्नुभयो । मुखले एकातिर भनेर काम अर्कोतिर गर्नुभयो' दाहालले ओलीलाई भनेका थिए । जवाफमा ओलीले 'संसद् स्थगित भएर के बिग्रियो र । एक/दुई दिन अध्यादेश नल्याउँला नि !,’ ओलीसँगको छलफलबारे दाहालले बैठकमा उक्त ब्रिफिङ गरेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपाको स्थायी कमिटी बैठक पनि प्रभावित भएको हो । मन्त्रिपरिषद् बैठक बस्नु प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए ।

प्रकाशित : असार १८, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?