३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेकपा स्थायी कमिटी बैठक फेरि सुरु

काठमाडौँ — केही घन्टा स्थगित भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि सुरु भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको निर्णयपछि बैठक केहीबेरलाई स्थगित भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार अहिले अध्यक्ष पुष्पकमल दाहाल बोल्दैछन् । 

नेकपा स्थायी कमिटी बैठक फेरि सुरु

बैठक स्थगित भएपछि प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष दाहालबीच केहीबेर छलफल भएको थियो ।

छलफल सकारात्मक नभएपछि दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । उनी फर्केपछि बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली भने उपस्थित छैनन् । ओलीले बैठक स्थगित गरेर नेताहरूबीच छलफल हुनुपर्ने बताएका थिए ।

बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपतिले संसद्को चालु अधिवेशन अन्त्य गरेकी छन् ।

प्रकाशित : असार १८, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?