१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मन्त्रिपरिषद् बैठक सकियो, बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक जारी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीर्लाइ भेटेर फर्किएपछि केही बेर बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ  । प्रधानमन्त्री ओली बिहीबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतल निवास गएका थिए। करिब एक घण्टा राष्ट्रपतिसँग भेटघाट गरेका बालुवाटार फर्किएछि मन्त्रिपरिषद् बैठक बसेको प्रधानमन्त्रीका सञ्‍चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक सकियो, बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक जारी

राष्ट्रपतिसँगको भेटमा समसायमिक विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।

मन्त्रिपरिषद् बैठकपछि बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक पनि सुरु भइसकेको छ ।

बिहीबार ११ बजेलाई तय भएको स्थायी कमिटी बैठक १२ बजेपछि सुरु भएको थियो । पार्टी बैठक तय भएकै बेला प्रधानमन्त्री ओलीले १२ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

पार्टी स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् ।

प्रकाशित : असार १८, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?