१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौँ — नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको ६३ वर्षको उमेरमा बुधबार निधन भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा बुधबार बिहान सांसद छन्त्यालको निधन भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

बागलुङको ढोरपाटन स्थायी घर भएकी छन्त्याल लामो समयदेखि महिला अधिकारका क्षेत्रमा लामो समयदेखि लड्दै आएकी थिइन् । उनी २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् ।

उनी नेपाली कांग्रेसको दशौं महाधिवेशनदेखि हालसम्म महाधिवेशन प्रतिनिधि थिइन् । त्यस्तै २०५९ सालदेखि २०७१ साल माघसम्म उनी नेपाल महिला संघ बागलुङको जिल्ला उपसभापतिको जिम्मेवारीमा थिइन् । उनी संसदको कृषि, सहकारी, पशुपन्छी तथा वातावरण समितिकी सदस्य पनि थिइन् ।

प्रकाशित : असार १७, २०७७ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?