समाचार

बिहान बालुवाटारमा भएको भेलाबारे बुझ्न ललितपुरमा भेला : रावल

स्थायी समितिको बैठक चलिरहेकै बेला पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीका केही नेतालाई बोलाएर छलफल गरेपछि त्यसबारे बुझ्न अर्का अध्यक्ष पुष्पकमल दाहालले ललितपुरमा भेला गरेको नेकपाका स्थायी समिति सदस्य भीम रावलले बताएका छन् । रावलले पार्टीको बैठकबाट नै सम्पूर्ण निर्णय हुनुपर्छ भन्ने आफूहरुको चाहना भएको पनि बताए । 

अन्तिम समयसम्म लड्ने ओलीको रणनीति

स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्यहरूले राजीनामा मागेपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिनभरी आफू निकटका नेताहरूसँग मिलेर रणनीति बनाउन व्यस्त रहे ।

कुन्जोकको वन्यजन्तुका अन्तर्राष्ट्रिय तस्करसम्मै पहुँच

फरार भएको १५ वर्षपछि पक्राउ परेर थुनामा रहेका कुन्जोक छिरिङ तामाङको पहुँच वन्यजन्तु तथा तिनका अंग अवैधानिक रूपमा किनबेच गर्ने अन्तर्राष्ट्रिय व्यापारी र नेटवर्कसम्म रहेको खुलासा भएको छ ।

कर छलीको आरोपमा मुद्दा दायर

नक्कली भ्याट बिल बनाई कर छलेको आरोपमा राजस्व अनुसन्धान विभागले दुईवटा कम्पनीका सञ्चालकविरुद्ध ४० करोड ६१ लाख रुपैयाँ बिगो मागदाबी गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । 

दाहाल–नेपाल भेलाको रणनीति तयार : प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने रणनीति तयार पारेको छ ।

हिमालय एयरलायन्सको एक क्याबिन क्रूमा पनि देखियो कोरोना 

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्समा फेरि एक अर्का चालक दलका सदस्यमा कोरोना संक्रमण देखिएको छ । 

सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । बुधबार सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो । 

थप रणनीति तय गर्न दाहाल–नेपाल समूहको भेला

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह थप रणनीति निर्माणमा जुटेको छ ।

राज्यव्यवस्थाबाट पारित निजामती विधेयकको स्वामित्व सरकारले नलिने प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित प्रतिवेदनसहितको विधेयक सरकारले स्वीकार नगर्ने बताएका छन् । 

गंगालालमा मुटुको जाँच गराएर फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको जाँच गराएर फर्किएका छन् ।

सत्याग्रहीको माग पूरा गर्न नागरिक समाजका अगुवाको ध्यानाकर्षण

कोरोना भाइरस (कोभिड- १९) संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्नुपर्ने भन्दै युवाहरूले थालेको आन्दोलनलाई नागरिक समाजका अगुवाहरूले समर्थन जनाएका छन् । नागरिक समाजका अगुवाहरूले यो माग गर्दै सत्याग्रहजस्तो गम्भीर अश्त्र प्रयोग गर्न बाध्य भएका युवाको माग पूरा गर्न आग्रह गरेका हुन् ।

बुधबारको बैठकमा पनि नेताहरुले मागे प्रधानमन्त्रीको राजीनामा 

सत्तारूढ नेकपाको जारी स्थायी कमिटीको पाँचौ दिनको बैठकमा बोल्ने नेताहरुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

नेपालमा कोरोना संक्रमित बालबालिकाको संख्या २ हजार ६१

नेपालमा कोरोना संक्रमित बालबालिकाहरुको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा थप एक व्यक्तिको मृत्युको पुष्टि गरेको हो । 

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टीका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारका लागि बोलाइएको हो ।

परदेश गएकाहरु फर्केपछि खेतीपाती सजिलो 

जसै खेतीपातीको सिजन सुरु हुन्थ्यो । बझाङको जयपृथ्वी नगरपालिका–१, माथीगाउँकी सिता खड्काको सुखले निदाउने दिन घट्दै जान्थे । गाउँमा रहेको बारी र घरबाट आधा घण्टा परको पिमीज्यूलाको खेत जोत्ने मान्छे खोज्न उनले आफन्त र छिमेकीका घर चाहर्नुपर्थ्यो ।

साम्राज्ञीको पक्षमा कलाकार

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले हालै आफूलाई ठूला ब्यानरसँग सम्बन्धित केही व्यक्तिहरुले दुर्व्यवहार गरेको कुरा सार्वजनिक गरेकी छिन् । उनले दुर्व्यवहार गर्नेहरुको नाम उल्लेख नगरे पनि यसबीच उनले आरोप लगाएकामध्ये एक अभिनेता/निर्माता भुवन केसी पनि एक भएको समाचार सार्वजनिक भएका छन् ।

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक स्थगित

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

एक घण्टा बसेर स्थगित भयो नेकपा बैठक

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक घण्टा बसेर स्थगित भएको छ । बुधबार बालुवाटारमा बसेको पाँचौं दिनको बैठक एक घण्टा बसेर स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

दुबईमा नौ महिना जेल, नेपाल फर्केपछि कोरोना

दुबईमा साथीसँग झगडा परेपछि डकेन्द्र जेल परे । ६ महिने सजाय कटाउनै लागेका बेला लडकडाउन भयो । थप तीन महिना जेलमै बस्नुपर्‍यो । आममाफी पाएर नेपाल फर्के, होल्डिङ सेन्टरमा बसेका बेला उनलाई कोरोना संक्रमण भयो । कुनै लक्षणबिना उनी १० दिनपछि कोरोनामुक्त भए । अब भने ढुक्क भएर घर फर्केका छन् ।

हिमालय एयरलाइन्सका एक जना पाइलटलाई कोरोना संक्रमण

विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक  जना पाइलटमा कोरोना संक्रमण देखिएको छ । हिमायल एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठका अनुसार, कोरोना पोजिटिभ देखिएका पाइलट मेक्सिकन नागरिक हुन् । उनी हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका निगरानीमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले बताए ।

प्रधानमन्त्रीलाई प्रोक्सी वार र गुट बनाउन छाड्न सुझाव दियाै‌ं : मन्त्री भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री र नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सुझाव दिएका छन् । दुवै अध्यक्षले अहिले पार्टीभित्र देखिएका समस्या समाधान गरेर अगाडि बढ्नुपर्ने उनीहरूको भनाइ थियो । 

पार्टी कमिटीको निर्णय मान्न प्रधानमन्त्री ओलीलाई मन्त्रीहरुको सुझाव

सरकारका मन्त्री र नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी कमिटीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका छन् । सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा मंगलबार शीर्ष नेताहरुसहितले ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागेपछि सल्लाहका लागि उनले बोलाएको बैठकमा उनलाई यस्तो सुझाव दिइएको हो । 

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको ६३ वर्षको उमेरमा बुधबार निधन भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा बुधबार बिहान सांसद छन्त्यालको निधन भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

होम क्वारेन्टाइनमा हेलचेक्र्याइँ

पाँच दिनअघि भारतबाट आएका कपिलवस्तुको यशोधरा गाउँपालिका–५, पुर्निहवाका पाँच जनाको समूह गाउँ पुग्यो । वडाध्यक्ष श्यामनारायण उपाध्यायलाई फोन गरेर क्वारेन्टाइनमा पठाइदिन उनीहरूले आग्रह गरे । वडाध्यक्षले यसअघि वडामा सञ्चालन गरिएका चारवटा क्वारेन्टाइन बन्द भइसकेको जनाएपछि उनीहरू आ–आफ्ना घर गए । अहिले परिवारसितै बसेका छन् । ‘सबैसँग हेलमेल भइरहेका छन्,’ एक स्थानीयले भने, ‘हामीलाई भने गाह्रो भइरहेको छ ।’

लाखको आयोजनाले करोडको क्षति

बागलुङ नगरपालिका–१२ र जैमिनी–१ जोड्ने सडक खन्ने क्रममा खानेपानीका मुहान र सिँचाइ कुलोमा क्षति पुगेको छ । सडक खन्दा जैमिनीको सिरबारी, भडार र टारमा सञ्चालित चारवटा खानेपानी आयोजनाका मुहान नाश हुँदा गाउँमा पानीको हाहाकार भएको हो ।

नागरिकता विधेयक फिर्ता लिन कांग्रेसको माग

नेपालीसँग बिहे गरेर आएका विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिनेसम्बन्धी प्रावधान संवैधानिक व्यवस्थाविपरीत रहेको भन्दै कांग्रेसले नागरिकता विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उक्त प्रावधानले सामाजिक र पारिवारिक जटिलता समेत सिर्जना गर्ने सम्भावना रहेको ठहर गर्दै विधेयक फिर्ताको माग अघि सार्ने निर्णय गरेको हो ।

चीनमा सामान अड्‍‍किएको-अड्कियै, नेपालमा किनेको-किन्यै

मन्त्रिपरिषद्ले चैत १६ गते कोरोना नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सामग्री नेपाली सेनामार्फत खरिद गर्ने निर्णय लियो । त्यतिबेला नेपालमा कोराना संक्रमितको संख्या पाँच मात्रै थियो । सेनाले चीन सरकारले तोकिदिएको चाइना सिनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग वैशाख ७ मा औषधि र स्वास्थ्य सामग्री किन्ने सम्झौता गर्दा संक्रमितको संख्या बढेर ३० पुगेको थियो ।