२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन, बैठकमा दाहालले भने–‘कसले किन दर्ता गर्न लागेको हो ?’ 

काठमाडौँ — नेकपा (एमाले) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको विषयमा नेकपा बैठकमा छलफल भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको चौथौ दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले यो पार्टी कसले किन दर्ता गर्न लागेको हो भनेर विषय प्रवेश गराएका थिए । 

एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन, बैठकमा दाहालले भने–‘कसले किन दर्ता गर्न लागेको हो ?’ 

झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको भन्ने सूचनापछि बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘नयाँ दल नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको भन्ने सुन्नमा आयो । यसमा हाम्रो पार्टीका नेता कार्यकर्ता कसैको संलग्नता छ कि छैन भन्ने प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले बैठकमा विषयवस्तु प्रवेश गराउनु भयो र त्यसबारे छलफल भयो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने।

दाहालको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले 'म यही पार्टीको अध्यक्ष हुँ, मेरो पार्टी यही हो' भन्ने जवाफ दिएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित : असार १६, २०७७ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?