१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेकपा बैठकमा नेताहरुको एक स्वर- ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुस्’

बबिता शर्मा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीका कारण पार्टी र सरकार अप्ठ्यारोमा परेको भन्दै नेताहरुले दुवै पदबाट राजीनामा दिन माग गरेका छन् । 

नेकपा बैठकमा नेताहरुको एक स्वर- ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुस्’

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको चौथौ दिनको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीसहित १८ नेता बोलेका थिए । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अन्य नेताहरुले माग गरेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नाराणकाजी श्रेष्ठ, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भिम रावल, रघुजी पन्त, गणेश शाह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गोकर्ण विष्ट, पम्फा भुसाल, युवराज ज्ञवाली, भिम आचार्यले प्रधानमन्त्री ओलीको कारण पार्टी र सरकार दुवै अप्ठ्यारोमा परेको भन्दै राजीनामा माग गरेको एक नेताले बताए ।

नक्सा जारी गरेबापत भारतीय राज्य संयन्त्र र आफ्नै पार्टीका नेताहरु सरकार ढाल्न सक्रिय रहेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर बैठकको सुरुमै अध्यक्ष दाहालले त्यसबारे जावाफ मागेका थिए । उनले भारतीय राज्य संयन्त्र सरकार ढाल्न लागेको नभइ पार्टीले नै राजीनामा मागेको बताएका थिए ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीको कारण सरकार र पार्टी अप्ठ्यारोमा परेको भन्दै दुवै पदबाट राजीनामा दिएर निकास दिन आग्रह गरेका थिए । त्यसपछि वरिष्ठ नेताद्वय खनाल, नेपाल र उपाध्यक्ष गौतमले पनि यसरी नै पार्टी र सरकार नचल्ने भन्दै दुवै पदबाट राजीनामा दिन भनेका थिए ।

प्रकाशित : असार १६, २०७७ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?