१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपालमा थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

६० जना डिस्चार्ज

काठमाडौँ — नेपालमा थप ३ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित 'कोभिड-१९ प्रेस ब्रिफिङ'मा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय १६ नयाँ संक्रमित भेटिएको जानकारी गराएका हुन् ।

नेपालमा थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि

उनका अनुसार मुलुकमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

संक्रमित हुनेमा सप्तरीका २५, सिरहाका १०, उदयपुरका २, झापाका ५, सुनसरीका २, संखुवासवाका ३, धनुषाका ३, रौटहटका ७, महोत्तरीका २९, अछामका २७, बाजुराका ५१, काठमाडौंका १२, स्याङ्जाका ४, गुल्मीका १, सिन्धुपाल्चोकका २, गोरखाका १, सर्लाहीका ८, भक्तपुरका १, बागलुङका १, डडेलधुराका ३, ललितपुरका १, अछामका १, बैतडीका ४, डोटीका १५, म्याग्दीका १, कास्कीका ९, लमजुङका ३, तनहुँका ६, अर्घाखाँचीका ७, पाल्पाका १८, सल्यानका २, दाङका २१, रुकुम पश्चिमका ८, बाँकेका १, दैलेखका ३, डोटी १५ र कैलालीका ५ जना रहेका छन् ।

६० जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमणलाई जितेर मंगलबार पछिल्लो २४ घन्टामा ६० डिस्चार्ज भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १, आइसोलेसन सेन्टर पिपरा कोहलपुरबाट १ जना, अल्पाइन नर्सिङ सर्लाहीबाट १५, साईकृष्ण आइसोलेसन सप्तरीबाट १५, गण्डक अस्पताल पर्साबाट २, जलेश्वर अस्पतालबाट महोत्तरीका ४, कोसी अस्पतालबाट झापाका ६, मोरङका ५, पाँचथरका १, सुनसरीका २ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोरङका ८ जना डिस्चार्ज भएका हुन् । हालसम्म निको हुनेको संख्या ३ हजार १९४ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९७ हजार ८७१ नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घन्टामा आरडीटी परीक्षण गरिएको छैन । पीसीआर विधिबाट भने हालसम्म २ लाख २८ हजार ३४१ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा जम्मा ४ हजार ७११ परीक्षण भएका छन् ।

हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या ५३ हजार ७० र आइसोलेसनमा रहनेको संख्या १० हजार ३४१ जना रहेको छ ।


प्रकाशित : असार १६, २०७७ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?