कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘सरकार ढाल्न खोजेको’भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि शीर्ष नेताहरुको प्रश्न- के आधार छन् ?

बैठकमा ओलीको प्रश्न- पार्टी बैठकमा बोलेको कुरा भारतीय संचारमाध्यममा कसरी आयो ?

काठमाडौँ — आफ्नो सरकार ढाल्न नेकपाकै केही नेता र भारतीय राज्यसंयन्त्र सक्रिय रहेको भनेर अभिव्यक्ति दिएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थायी समिति बैठकमा नेताहरुले यस्तो बोल्नुको आधार र प्रमाण पेश गर्नुपर्ने भन्दै जवाफ मागेका छन् । 

‘सरकार ढाल्न खोजेको’भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि शीर्ष नेताहरुको प्रश्न- के आधार छन् ?

बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकजी श्रेष्ठ, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, वेदुराम भुसाल र मुकुन्द न्यौपानेले प्रधानमन्त्रीबाट गम्भीर अभिव्यक्ति आएको भन्दै त्यसका आधार के हुन् स्पष्ट पार्नुपर्ने माग गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गर्दा गर्दै पनि घेराबन्दी भएको घुमाउरो जवाफ दिएको एक नेताले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक बैठकमा भएका कुराहरु भारतीय सञ्चारमाध्यममा कसरी आए भनेर उल्टै प्रश्न गरेका थिए ।

तत्कालीन एमाले महासचिव मदन भण्डारीको ६९ औं जन्मजयन्तिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आईतबार बालुवाटारबाटै नक्सा जारी गरेवापत भारतीय राज्यसंयन्त्र, पार्टीकै नेता र दुतावास आफूलाई हटाउन सक्रिय भएको बताएका थिए ।

प्रकाशित : असार १६, २०७७ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?