२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

कोरोनाको महामारी नसकिँदै चीनमा अर्को नयाँ फ्लू भाइरस फेला पर्‍यो

यसले पनि महामारीको रुप लिनसक्ने वैज्ञानिकहरुको अनुमान

कोरोना भाइरसको महामारी विश्वव्यापी देखिरहँदा चीनमा अर्को नयाँ फ्लू भाइरस देखिएको वैज्ञानिकहरुले बताएका छन् । उनीहरुलाई यस नयाँ भाइरसले पनि महामारीको रुप लिन सक्ने बताएका छन् । 

कोरोनाको महामारी नसकिँदै चीनमा अर्को नयाँ फ्लू भाइरस फेला पर्‍यो

यो भाइरस सुँगुरमा भेटिएको हो र यो मानिसमा पनि सर्न सक्ने भन्दै अनुसन्धानकर्ताहरु चिन्तित देखिएका छन् । इन्फ्लुएन्जा इन्भेष्टिगेटर रोबर्ट वेबस्टरका अनुसार यस भाइरसको सरंचनामा परिवर्तन हुने र मानिस-मानिसबीच सर्न सक्ने किसिमको छ । त्यसैले यो पनि महामारीको रुपमा फैलिन सक्ने अड्कल लगाइएको छ । चीनमा सुँगुरको संख्या बढी भएकाले पनि यो भाइरस फैलिनसक्ने बताइएको छ ।

यो कस्तो भाइरस हो ?

चिनियाँ अनुसन्धनकर्ताको एक समूहले सन् २०११ देखि २०१८ सम्म सुँगुरमा देखिएको इन्फ्लुएन्जा भाइरसको अध्ययन गरेका थिए । उनीहरुले ‘एचवानएनवान’को एक प्रकार जिफो पाएका थिए जसले महामारी फैलाउन सक्ने युएस जर्नल प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेज नामक जर्नलमा उल्लेख छ ।

जर्नलमा वैज्ञानिकहरूले उक्त भाइरस नियन्त्रण गर्न सुँगुरपालन उद्योगमा काम गर्ने किसानहरुलाई, मासु काट्ने ठाउँ र मासु पाउने ठाउँमा निगरानी गर्न आवश्यक उपायहरू अपनाउनु पर्ने उल्लेख गरिएको छ । यो नयाँ भाइरस सन् २००९ मा सुँगुरमा देखिएको स्वाइन फ्लूसँग मिल्दोजुल्दो रहेको छ । अनुसन्धानकर्ताहरुले यो भाइरसलाई ‘जिफो इए एचवानएनवान’ नाम दिएका छन् ।

उनीहरुका अनुसार उक्त भाइरस संक्रमण भएमा मानिसको श्वासनलीमा कोषमा बढ्न र फैलिन सक्छ। यो भाइरस अहिले फैलिनसके पनि अनुसन्धानकर्ताहरुले मानिसमा सङ्क्रमण गर्न आवश्यक पर्ने कुराहरु यसमा भएकाले सतर्क हुनुपर्ने बताएका छन् ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरस चीनको वुहानबाट देखिएको हो ।

प्रकाशित : असार १६, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?