कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपालमा ६ प्रतिशत कोरोना संक्रमण समुदाय स्तरमा : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिलेसम्म संक्रमण देखिएकामध्ये ९४ प्रतिशत विदेशबाट आएका व्यक्तिहरु रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले सहयोगस्वरुप उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु बुझ्दै अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदाय स्तरमा संक्रमण फेला परेको बताएका हुन् ।

नेपालमा ६ प्रतिशत कोरोना संक्रमण समुदाय स्तरमा : स्वास्थ्यमन्त्री ढकाल

उनले सोमबारसम्म करिब १३ हजार संक्रमितको संख्या पुगेको र त्यसमध्ये ३ हजार २ सय निको भइसकेकाले अहिले पनि नियन्त्रणमै रहेको बताए । मन्त्री ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी ल्याबहरुको विस्तार गर्न लागेको समेत जानकारी दिए । अहिले देशभर २२ वटा पीसीआर ल्याबबाट दैनिक ७ हजार ७ सय ९१ परीक्षण भइरहेको र अबको केही दिनभित्र देशभर ३३ वटा ल्याब पुर्‍याई दैनिक १० हजार परीक्षण गर्ने तयारी गरिएको बताए । उनले रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले अप्ठेरो अवस्थामा बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराउादा स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैको मनोबल बढेको बताए ।

नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउण्डेसनले ७ वटा भेन्टिलेटरसहित गगल्स ३ सय थान, सर्जिकल मास्क १ हजार १ सय ५० थान, डिस्पोजेबल कभर ५ सय ५० थान, ग्लोब्स २० हजार थान, बुट ४ सय ५० थान, स्यानिटाइजर २ सय ५० वटा, सोडियमहाइड्रोक्लोराइड ५ लिटरको ४ सय ५० ग्यालेन र साबुन १५ हजार पिस सहयोगस्वरुप उपलब्ध गराएको हो । १ करोड ५७ लाख रुपैयाा बराबरको यी स्वास्थ्य सामग्री दुई चरणमा उपलब्ध गराइने रेडक्रसले जनाएको छ ।

मंगलबार पहिलो चरणमा केही मास्क, स्यानिटाइजर, साबुन, गगल्सलगायतका सामग्री उपलब्ध गराएको हो । भेन्टिलेटर भने दोस्रो चरणमा उपलब्ध गराउने रेडक्रसले जनाएको छ ।

प्रकाशित : असार १६, २०७७ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?