निजामती सेवा विधेयकको विरोधमा सिंहदरबारभित्रै नासुहरुको आन्दोलन

काठमाडौँ — संसदीय समितिले निजामती सेवा विधेयक पारित गरेसँगै नायब सुब्बा(नासु)हरु आन्दोलनमा उत्रिएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरुको घाँटी निमोठ्ने काम भएको भन्दे नासुहरु आन्दोलनमा उत्रिएका हुन् ।

निजामती सेवा विधेयकको विरोधमा सिंहदरबारभित्रै नासुहरुको आन्दोलन

विभिन्न मन्त्रालयका कार्यरत नासुहरुले सिंहदरबारभित्रै आन्दोलन सुरु गरेका हुन् । अर्थमन्त्रालयमा कार्यरत नायब सुब्बा हिमाल आचार्यले ऐनले नासुहरुलाई विभेद गरेको बताए । निजामती सेवा ऐन २०४९ ले दिएको वृद्धि विकास खोसेर ऐन आएको भन्दै उनले आपत्ति जनाए ।

त्यस्तै गृहमन्त्रालयका नासु लक्ष्मण गुरागाईंले वृत्ति विकासको ढोका बन्द गर्नेगरी मन्त्रीको सहमतिका बावजुद पारित भएको विधेयकको विरुद्धमा आन्दोलन गर्नुपरेको बताए । सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलन थप चर्काउने उनले बताए ।

तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनु पर्ने माग उनीहरुको छ । कुनै पनि साविकको पदबाट अधिकतम १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने माग पनि उनीहरुले राखेका छन् ।

प्रकाशित : असार १६, २०७७ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?