कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई  जना फलफूल व्यापारी कुलेश्‍वरबाट ६५ लाख नगदसहित पक्राउ

मातृका दाहाल

काठमाडौँ — काठमाडौंको कुलेश्वरमा फलफूल व्यापार गर्दै आएका दुई जनालाई स्रोत नखुलेको ६५ लाख ८ हजार रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

दुई  जना फलफूल व्यापारी कुलेश्‍वरबाट ६५ लाख नगदसहित पक्राउ

महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगम कुँवरका अनुसार बारा गढीमाईका ४७ वर्षीय रमेश सिंह र उनका साला भारतीय नागरिक २५ वर्षीय रविकुमार सिंह सोमबार दिउँसो कुलेश्वरबाट पक्राउ गरेका हुन् । दुवै जनालाई कालीमाटी वृत्तमा राखिएको छ ।

डीएसपी कुँवरले उनीहरुबाट बरामद रकम हुन्डी कारोबारीको हुन सक्ने बताए । यस विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : असार १५, २०७७ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?