१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

१३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

सल्यान — आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा शारदा नगरपालिकाका ३९ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले आइतबार बेलुकी घरनजिकैबाट पक्राउ गरेको हो ।

१३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

घरमा कोही नभएको मौका छोपी ती पुरुषले छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । गत वैशाखदेखि विभिन्न त्रासमा पारेर बलात्कार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । पक्राउ परेका व्यक्तिमाथि जबरजस्ती करणी र हाडनातासम्बन्धी मुद्दा दर्ता गरिएको उनले जानकारी गराए ।

ती व्यक्तिलाई अदालतबाट १० दिनको म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

काठमाडौंमा आफन्तकहाँ बस्दै आएकी बालिका कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनको समयमा घर आएकी थिइन् ।

प्रकाशित : असार १५, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?