२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सलह कक्रक्कै हुने अमेरिकी गीत संकलन गर्दैछौं : मन्त्री भुसाल

राजकुमार कार्की

काठमाडौँ — कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले संगीतले सलहलाई लठ्याउने जानकारी पाएको उल्लेख गर्दै त्यस्तो गीत तथा संगीत झिकाउन लागिपरेको बताएका छन् । उनले ‘सलह कीरा कक्रक्कै हुने’ अमेरिकी हेभी मेटल म्युजिक ब्यान्डको गीत संकलन भइरहेको जानकारी दिए ।

सलह कक्रक्कै हुने अमेरिकी गीत संकलन गर्दैछौं : मन्त्री भुसाल

सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले स्थानीय तहले सलह नियन्त्रण गर्न सक्ने अवस्था नभएर ठूलो क्षति हुन थाले केन्द्रले बजेट पठाउने बताए । ‘अहिलेसम्म स्थानीय तहले नै नियन्त्रण गर्न सक्ने खालको छ,’ उनले भने, ‘धेरै फैलिएर नियन्त्रणमा बजेट अपर्याप्त भयो भने पालिकालाई हामी बन्दोबस्त गर्नेछौं ।’

सलह नियन्त्रणका लागि संगीत र गीत धेरै प्रभावकारी हुने चर्चा गर्दै मन्त्री भुसालले भने, ‘मलाई अस्ट्रेलियामा बस्ने भाइले फोनमा सलह कीरा नियन्त्रणका लागि गीत र संगीत प्रभावकारी हुने भनेका छन्, त्यहीअनुसार गीत संकलन गर्न लागिएको छ ।’ सलहले नियन्त्रणका विषयमा मन्त्रालय, प्रदेश र स्थानीय तहहरूले के–के गर्ने भनेर चाँडै निर्देशिका बनाइने पनि उनले बताए ।

मन्त्री भुसालले प्रदेश ५ सरकारले सलह किलोको २० रुपैयाँ र प्रदेशसभा सदस्यले एक सय रुपैयाँ दिन्छु भनेर बढाबढ गर्नु सुखद पक्ष भएको बताए ।

प्रकाशित : असार १५, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?