समाचार

मन्त्री त्रिपाठी र सभापति श्रेष्ठबीच टकराव, थप अन्योलमा निजामती विधेयक

निजामती विधेयकलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठबीच टकराव देखिएको छ । विधेयक प्रस्तुतकर्ता मन्त्रालयका मन्त्री र विधेयकमाथि दफावार छलफल गर्ने संसदीय समिति सभापतिबीचको टकरावले विधेयकको भविष्य के हुने भन्नेमा अन्योल छाएको नेकपाका शीर्ष नेताले बताएका छन् । 

कुलेश्‍वरबाट पक्राउ परेका फलफूल व्यापारीको नाममा दुई सहकारीमा साढे ४ करोड

कुलेश्वरमा फलफूल व्यापार गर्दै आएका १ भारतीयसहित २ जनाले सहकारीमा राखेको ४ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम शंकास्पद देखिएको छ ।

एमसीसी अनुमोदनमा ढिलाइको मतलब नेपालीलाई फाइदा दिलाउन ढिलाइ : अमेरिका 

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदीय अनुमोदनमा ढिलाई गर्नुको मतलब नेपालीलाई फाइदा दिलाउन ढिलाई गर्नु हुने अमेरिकाले जनाएको छ । 

निजी अस्पतालले पनि पाए परीक्षण अनुमति

काठमाडौंमा रहेका २ निजी र एक प्रहरी अस्पतालले पीसीआर परीक्षण गर्ने अनुमति पाएका छन् । अनुमति पाउनेमा ललितपुर सानेपास्थित स्टार अस्पताल, महाराजगञ्जको प्रहरी अस्पताल र सिनामगंलस्थित काठमाडौं मेडिकल कलेज हुन् ।

हिले बजारमा सडककै हिलोमा रोपाइँ !

रोपाइँको भाकासहित बाजागाजा घन्किरहेको थियो । रोपाहार धान रोप्न व्यस्त देखिन्थे । हातमा राष्ट्रिय झन्डासहित भेला भएर हातमा बिउ बोकेकाहरु धान रोप्दै थिए । तर, खेतका गरामा होइन, हिलाम्य सडकमा । 

दुई  जना फलफूल व्यापारी कुलेश्‍वरबाट ६५ लाख नगदसहित पक्राउ

काठमाडौंको कुलेश्वरमा फलफूल व्यापार गर्दै आएका दुई जनालाई स्रोत नखुलेको ६५ लाख ८ हजार रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रवेश गरेको सलहको झुन्ड भारत नै फर्किन सक्छ ?

शनिबार र आइतबार गरेर सलहका ५ वटा झुन्ड भारतको राजस्थान-नयाँ दिल्ली हुँदै नेपाल प्रवेश गरे । भारतबाट उत्तरपश्चिमी हावा बहेपछि ठूलो झुन्डबाट टुक्रिएर सलह हावाको वेगसँगै नेपाल प्रवेश गरेको थियो ।

निजामती विधेयकमा कांग्रेसको सातबुँदे फरक मत

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रमुख प्रतिपक्षी कांग्रेसले फरक मत पेस गरेको छ । समितिबाट सोमबार बहुमतले पारित भएको विधेयकमा कांग्रेसले सातबुँदे फरक मत लेखेको हो । 

बजेट सम्बन्धी सबै विधेयक प्रमाणिकरण

आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अन्तरसम्बन्धित सबै विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रामाणिकरण गरेकी छन् ।

निगमको सञ्‍चालक समितिमा पौडेल र शेर्पा

वर्ष दिनदेखि रिक्त नेपाल वायुसेवा निगमको सञ्‍चालक समिति सदस्यमा पर्यटनमन्त्री योगेश भट्टराईले व्यवस्थापन विज्ञ प्रकाश पौडेल र पर्यटन व्यवसायी फुर्बा ग्याल्जेन शेर्पालाई नियुक्त गरेका छन् । 

रेल्वे लिकका कारण डुबान

भारतको बथनाहादेखि कटहरीसम्म निर्माण भइरहेको रेल्वे लिकका कारण विराटनगर-१८ मा डेढ सय बिघा खेत डुबानमा परेको छ ।जमिनको सतहबाट ५ फिट बढी अग्लो ड्याम जस्तो अग्लो रेल्वे लिक निर्माण भएपछि डुबान भएको हो ।

नेकपा बैठक : बस्नै कठिन, बसे टुंगाउनै जटिल

अनेकौं घुम्ती पार गर्दै एकताका दुई वर्ष बिताएको सत्तारुढ नेकपामा दुखका दिन अझै उस्तै छन् । बुधबार (१० असार) देखि जारी स्थायी कमिटीको बैठकमा पनि नेकपाभित्रका दुख बालुवाटारमा देखिएको छ ।

प्रधानमन्त्री कार्यालयले नभ्याउँदा अख्तियारसँग सम्बन्धित विधेयक राष्ट्रिय सभामा पेस भएन 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित 'विवादित विधेयक' राष्ट्रिय सभाबाट मंगलबार पनि पेस भएन । राष्ट्रिय सभाको सोमबारको बैठकमा उक्त विधेयक पारित गर्ने कार्यसूची थियो । 

नेपालमा ३ हजार १३४ कोरोना संक्रमित निको भए

थप १ सय २१ जना कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी मुलुकभर १२१ जना संक्रमित निको भएर डिस्चार्ज भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाबा निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।

खोकनावासी र प्रहरीबीच हाते ट्याक्टर खोसाखोस

खोकनावासी र प्रहरीबीच सोमबार पुनः विवाद भएको छ । सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीय किसानलाई प्रहरीले अवरोध गरेपछि विवाद भएको हो । यसअघि धानको ब्याड राख्ने क्रममा विवाद भएको थियो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो 

कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो ।

थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार नाघ्यो

सोमबार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

चीनसँगको सीमा विवादबारे सार्वजनिक भएको भ्रामक प्रतिवेदनको अनुसन्धान हुँदैछ : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले कहाँ बनाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन् । राष्ट्रियसभामा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रामक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका हुन् ।

मन्त्री र सत्तारुढ दलकै सांसदको असहमतिका बाबजुद निजामती विधेयक समितिबाट पारित 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र सत्तारुढ नेकपाका सांसदहरूको असहमतिका बाबजुद संघीय निजामती विधेयक संसदको राज्यव्यवस्था समितिबाट पारित भएको छ । विधेयकको प्रतिवेदन पारित भएको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले घोषणा गरेकी हुन् । 

नेपाल प्रवेश गरेका सलहका झुन्डको 'ट्रेसिङ' गरिँदै

सलहको झुन्डहरु देखिने र हराउने गर्न थालेपछि किट वैज्ञानिकहरु झुन्डको ट्रेसिङ गर्न थालेका छन् । आइतबार अचानक कपिलवस्तुको तैलिहावामा देखिएको सलहको झुन्ड कता गयो भन्‍ने विषयमा खोजी गर्न किट विज्ञहरु लागेका छन् ।

कपिलवस्तुमा देखियो सलहको नयाँ झुन्ड

कपिलवस्तुमा सलहको अर्को नयाँ झुण्ड देखिएको छ । प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार लाखौंको संख्यामा रहेको उक्त झुण्ड बुद्धभूमी, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकामा देखिएको छ ।

१३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा शारदा नगरपालिकाका ३९ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले आइतबार बेलुकी घरनजिकैबाट पक्राउ गरेको हो ।

अख्तियारको क्षेत्राधिकारसम्बन्धी विधेयक राष्ट्रिय सभामा प्रस्तुत हुँदै, केही बुँदा हटाउने नेकपामा सहमति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाउने सम्बन्धि संशोधन विधेयक सोमबार राष्ट्रियसभामा पेस हुने भएको छ । संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा चौथो नम्बरमा यो विधेयक पेस हुने उल्लेख छ । अख्तियारलाई निजी क्षेत्र पनि हेर्न दिने अधिकार संशोधनमा थपिएपछि यसको विरोध भएको थियो । 

ओली अभिव्यक्तिको विरोधाभास [टिप्पणी]

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफूलाई हटाउन भारतीय चलखेल’ भएको अभिव्यक्ति दिएका छन् । नेपालको संसद्‍मा करिब दुई तिहाई बहुमतबाट निर्वाचित प्रधानमन्त्रीबाट आएको यो अभिव्यक्ति ‘अस्वाभाविक’ र केही ‘नौलो’ छ ।

स्टार अस्पतालमा रौतहटका एक जना कोरोना संक्रमितको मृत्यु

रौतहटका एक जना कोरोनाभाइरस संक्रमितको ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनलाई शनिबार साँझ स्टार अस्पतालको कोभिड आईसीयू भर्ना गरेर भेन्टिलेटरमै राखिएको थियो । त्यही रात नै बिरामीको मृत्यु भएको हो । उनको पीसीआर रिपोर्ट भने आइबार साँझ मात्रै प्राप्त भएको हो ।

हात धुने बिमार !

असार पहिलो साता मनोविश्लेषक वासु आचार्यलाई एक महिलाले आत्तिँदै फोन सम्पर्क गरिन् । सुन्दा अचम्म लाग्ने समस्याबाट ती महिला दुई महिनादेखि पीडित रहिछन् । जब नेपालमा कोरोना भाइरसका संक्रमितहरू बढ्दै गए, उनमा आफू पनि संक्रमित हुने डरले डेरा जमाउँदै गयो ।

‘पञ्‍चायती’ को जरिवाना तिर्न नसक्दा आत्महत्या

पक्का गरेको बिहेअगावै दुलही भागिन् । त्यसपछि समुदायको भेलाले दुलही पक्षलाई तत्कालै ६० हजार जरिवाना तिर्नुपर्ने निर्णय गरेपछि सिरहाको लहान–२४ का श्यामलाल रामले आत्महत्या गरेका छन् । उनकी छोरी र सप्तरी सुरुङ्गा नगरपालिका–४ महुलियाका बन्दी रामका छोरा महेशबीच शुक्रबार बिहे हुने तय गरिएको थियो ।

कुन चरणमा पुग्यो कोरोना संक्रमण ?

पछिल्ला साताहरुमा कोरोना संक्रमणको विस्तार तीव्र भएसँगै नेपालमा यसले समुदायस्तरमै महामारीको रुप लिन सक्ने जोखिम बढेको छ । स्वास्थ्य सतर्कता नअपनाउनु, क्वारेन्टाइन अव्यवस्थित हुनु र कन्ट्याक्ट ट्रेसिङ सही तरिकाले नहुनुले जोखिम बढाएको हो ।