२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

'हाइप्रोफाइल तस्कर' कुन्जोकलाई थुनामा राख्‍न आदेश 

अब्दुल्लाह मियाँ

काठमाडौँ — नेपालका ठूला वन्यजन्तु अपराधमा संलग्‍न भएका भनिएका कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङलाई रसुवा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको छ । लामटाङ निकुञ्जले उनलाई आइतबार रसुवा जिल्ला अदालतसमक्ष पेस गरेको थियो । उनी नेपालमा भएका धेरै वन्यजन्तु तस्करीका घटना संलग्‍न भएको बताइएको छ । 

'हाइप्रोफाइल तस्कर' कुन्जोकलाई थुनामा राख्‍न आदेश 

फरार भएको १५ वर्षपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ११ असारमा काठमाडौंमा पक्राउ गरी शुक्रबार निकुञ्जको जिम्मा लगाएको थियो ।

निकुञ्जकी प्रमुख संरक्षण अधिकृत (चीफ वार्डेन) सुष्मा रानाले रसुवाका सरकारी वकिल बाबुराम भट्टराईसँग राय लिएर तामाङलाई कारबाही माग गर्दै अदालतमा पेस गरिएको जानकारी दिइन् । 'अब यो सरकारवादी मुद्दा भयो,' रानाले आइतबार धुन्चेबाट कान्तिपुरसित भनिन्, 'माननीय न्यायाधीशज्यूको रोहबरमा बहस अघि बढ्नेछ ।'

सरकारी वकिलको कार्यालयले तामाङलाई राष्ट्रिय निकुञ्ज ऐन, २०२९ मा भएको व्यवस्थाअनुसार कारबाहीको माग गर्ने बताइएको छ । उक्त ऐनमा बाघलगायतका संरक्षित वन्यजन्तुको कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद, ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यो पनि पढ्नुहोस् :

प्रकाशित : असार १४, २०७७ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?