१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सलह नियन्त्रणका लागि स्थानीय तहलाई पैसा पठाउँछौं : कृषिमन्त्री भुसाल

राजकुमार कार्की

सिन्धुली — कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले सलह किरा नियन्त्रणका लागि स्थानीय तहलाई पैसा पठाइदिने बताएका छन् ।

सलह नियन्त्रणका लागि स्थानीय तहलाई पैसा पठाउँछौं : कृषिमन्त्री भुसाल

आइतबार सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले अहिलेसम्म स्थानीय तहहरुले नै नियन्त्रणको व्यवस्था गर्न सक्ने खालको अवस्था नेपालमा भएको उनले बताए ।

'सलह किराले ठूलो क्षति गरेको भन्‍ने अहिलेसम्म आएको छैन्,' उनले भने,'धेरै फैलिएर क्षति ठूलो हुन थालेमा सलह किरा नियन्त्रण र निर्मूल गर्न आवश्यक रकम मन्त्रालयले स्थानीय तहहरुलाई पठाउँछ ।’

उनले सलह नियन्त्रणका लागि बजेट अपर्याप्त भयो भनेर नगरपालिका र गाउँपालिकालाई मन्त्रालयले बन्दोबस्त गर्ने बताए ।

सलह समातेर ल्याउनेलाइ पैसा दिने निर्णय राम्रो भएको मन्त्री भुषाल बताए । उनले नागरिक र किसान आफैं जागेर नियन्त्रणमा लाग्दा प्रभावकारी हुने मन्त्री भुसालको भनाइ थियो ।

प्रकाशित : असार १४, २०७७ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?