कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

काठमाडौं उपत्यकामै भित्रियो सलह, विज्ञ भन्छन्– ‘झुन्ड सानाे छ, आत्तिनुपर्दैन’

गोविन्द पोखरेल

काठमाडौँ — शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् ।

काठमाडौं उपत्यकामै भित्रियो सलह, विज्ञ भन्छन्– ‘झुन्ड सानाे छ, आत्तिनुपर्दैन’

मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत स्थानमा देखिएको हो । तर, मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्डसमेत सानो भएकाले नआत्तिन विज्ञहरूले किसानहरूलाई सुझाएका छन् ।

नार्कका कीटविज्ञ सुदीप उपाध्याय सलह दिउँसाे बढी सक्रिय हुने भएकाले जाली थापेर तिनकाे प्रभाव कम गर्न सकिने बताउँछन् । ‘राति निष्क्रिय भई एकै ठाउँमा जम्मा भएर बस्ने भएकाले रासायनिक विषादी प्रयोग गरेर तिनलाई नियन्त्रण गर्न सकिन्छ,’ उनले भने ।

नेपालमा सलहले पार्न सक्ने प्रभाव र राेकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक बसेकाे थियाे । कृषिमन्त्री घनश्याम भुसालकाे अध्यक्षतमा बसेको बैठक सकिए पनि प्रदेश सरकार, किसानलाई के सूचना दिने र कसरी व्यवस्थापन गर्ने सन्दर्भमा प्राविधिक टाेलीको बैठक जारी छ ।

प्रकाशित : असार १४, २०७७ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?