१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सूर्यविनायक–साँगा सडक विस्तार : रुख कटान सुरु

लिला श्रेष्ठ

भक्तपुर — अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक भुलाँचादेखि साँगा सडकको दायाँबायाँका रुख काट्न सुरु गरिएको छ ।

सूर्यविनायक–साँगा सडक विस्तार : रुख कटान सुरु

डिभिजन सडक कार्यालय भक्तपुर र डिभिजन वन कार्यालय भक्तपुरको सहकार्यमा सूर्यविनायक भुलाँचादेखि साँगासम्मको करिब ४ किलोमिटर सडकको दायाँबायाँका विभिन्‍न जातका ३ सय ९१ रुख शुक्रबारबाट काट्न सुरु गरिएको हो ।

सरकारले आगामी आर्थिक वर्षमा अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनायक–धुलिखेलसम्मको करिब १२ किलोमिटर सडक विस्तारका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

सडक विस्तारका लागि सडकको मापदण्डभित्रका संरचना हटाउने, सिमांकन गर्ने कार्य भइसकेको छ । सडक विस्तारका लागि डीपीआर प्रक्रियाको चरणमा रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

सडक किनाराका रुख काट्न र व्यवस्थापनका लागि चालु आर्थिकवर्ष ०७६/७७ मा करिब ३५ लाख रुपैयाँ विनियोजन भएको डिभिजन वन कार्यालय भक्तपुरले जनाएको छ । उक्त रुखबाट करिब ११ हजार २ सय क्यबिकफिट काठ र १५ चट्टा दाउरा निस्किने डिभिजन वन कार्यालय भक्तपुरका सहायक वन अधिकृत रामकृष्ण केसीले बताए । काठ र दाउरा वन कार्यालयले नै लिलाम गर्ने छ ।

प्रकाशित : असार १३, २०७७ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?