रसुवाका ९ संक्रमित मध्ये ७ जना कुवेतबाट फर्किएका

अन्य दुईजना मध्ये एक महिला र एक पुरुष पनि भारतबाट आएका हुन्
बलराम घिमिरे

रसुवा — रसुवा जिल्लामा पनि पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएको छ । जिल्लाको नौकुण्ड गाउँपालिकामा ८ महिला र १ पुरुष गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

रसुवाका ९ संक्रमित मध्ये ७ जना कुवेतबाट फर्किएका

कोरोना संक्रमण देखिएका ८ जना महिला मध्ये ७ जना कुवेतबाट आएकाहरु रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए । बाँकि दुईजना मध्ये एक महिला र एक पुरुष पनि भारतबाट आएका हुन् ।

कोरोना संक्रमण देखिएकाहरु १९ देखि २८ वर्षका छन् उनले भने । कुबेतबाट आएकाहरु १५ दिन देखि र भारतबाट आएकाहरु १० दिनदेखि क्वारेन्टाइनमा बसिरहेका छन् ।

संक्रमितहरु बसिरहेको क्वारेन्टाइनलाई नै आइसोलेसन बनाएर सुरक्षित तरिकाले राखिने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । उनिहरु संग सम्पर्कमा रहेकाहरुको पनि कन्ट्याक्ट ट्रेसिङ गरने छ उनले भने । संक्रमितहरुलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन ।

प्रकाशित : असार १३, २०७७ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?