कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैठकमा उपस्थित भएर निस्किए ओली, स्वास्थ्यका कारण : दाहाल

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली केहीबेर मात्र सहभागी भएर बाहिरिएका छन् । शुक्रबारको बैठकमा उनी उपस्थित नभएपछि सदस्यहरुले चर्को आलोचना गरेका थिए । 

बैठकमा उपस्थित भएर निस्किए ओली, स्वास्थ्यका कारण : दाहाल

शनिबार पनि ओली केहीबेरमा निस्किएपछि अर्का अध्यक्ष दाहालले स्वास्थ्यका कारण उनी पूरै समय बैठकमा बस्न नसकेको प्रष्टीकरण सदस्यहरुलाई दिएका थिए । प्रधानमन्त्री नै उपस्थित हुने भनेर बालुवाटारमा बैठक राख्दा पनि उनी उपस्थित नभएको भन्दै शुक्रबार केही सदस्यले ओलीले पार्टी कमिटीलाई हेपेको बताएका थिए । बैठकको पहिलो दिन अध्यक्षद्वयले सम्बोधन गर्ने दिन भने ओलीले बैठकमा आफ्नो सरकारका उपलब्धिबारे लामो व्याख्या दिएका थिए । उनले सरकारले धेरै राम्रा काम गरे पनि पार्टीले त्यसको प्रचार गर्न नसकेको गुनासो पनि गरेका थिए । उनी बोल्दै गर्दा अर्का नेता माधव नेपालले 'एकोहोरो आफ्नै बखान नगर्न' भन्दै उनलाई बीचैमा रोक्न खोजेका थिए ।

विविध ६ वटा एजेन्डामा सुरु भएको बैठकमा नेपाल भारत सीमा र नागरिकता लगायतका विषयमा छलफल भएका छन् । एमसीसी लगायतका विषयमा भने बैठक प्रवेश गरेको छैन ।

शुक्रबारदेखि सदस्यहरुले बोल्ने क्रम सुरु भएको हो । शनिबार पनि सदस्यहरुले सीमा विवाद लगायतकै विषयमा बोल्ने एक सदस्यले बताए ।

प्रकाशित : असार १३, २०७७ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?