कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको पुष्टि गरेको हो । शुक्रबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा अन्दाजी २५ देखि ३० वर्षीया महिला रहेकी छिन् ।

ती महिलाको बेवारिसे शव दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार ११ गते भेटिएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ पाइएको थियो । मन्त्रालयका अनुसार उनको ठेगाना खुलेको छैन ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेका २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखाका १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, पर्साका १ गरी २७ जनाको मृत्यु भएको छ ।

प्रकाशित : असार १२, २०७७ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

थप ५९३ जनामा कोरोना, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा शुक्रबार थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ११ हजार ७५५ पुगेको जनाए ।

संक्रमित हुनेमा मोरङका २ जना, झापाका ४ जना, सुनसरीका १० जना, धनुषाका १५ जना, महोत्तरीका ४ जना, सिरहाका ६ जना, अछामका १ जना, बैतडीका २५ जना, बझाङका ९ जना, बाजुराका २७ जना, बाराका २ जना, दार्चुलाका ३ जना, डोटीका ४६ जना, गोरखाका ५ जना, कैलालीका ३१ जना, कञ्चनपुरका ४२ जना, कपिलवस्तुका २१ जना, रौटहटका ५१ जना छन् ।

त्यस्तै सल्यानका ४ जना, गोरखाका १ जना, नवलपरासी पूर्वका २३ जना, नुवाकोटका १ जना, काठमाडौंका ३ जना, चितवनका १२ जना, गुल्मीका १२ जना, सिन्धुलीका ६ जना, कास्कीका २ जना, लमजुङका ६ जना, बागलुङका १ जना, तनहुँका २ जना, स्याङ्जाका १ जना, अर्घाखाँचीका ३ जना, गुल्मीका १३ जान, पाल्पाका ७६ जना, नवलपरासीका १ जना, रुपन्देहीका ६ जना, दाङका ७५ जना, प्युठानका २० जना, दैलेखका ५ जना, जाजरकोटका २ जना, मुगुका १ जना, सुर्खेतका १२ जना र जुम्लाका ३ जना रहेका छन् ।

प्रकाशित : असार १२, २०७७ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×