कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सिन्धुलीमा कोरोना संक्रमणसँग लक्षण मिल्ने एक महिलाको मृत्यु

स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो
राजकुमार कार्की

सिन्धुली — कोरोनाभाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएसँगै सिन्धुली अस्पतालमा उपचारका लागि आएकी एक महिलाको मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी २१ वर्षकी ती महिलामा अत्यधिक ज्वरो र स्वासप्रस्वासको समस्या भइ सिन्धुली अस्पताल ल्याइएकोमा इमर्जेन्सी भर्ना गरी उपचार भइरहेको क्रममा नै मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. प्रशन्न राजभण्डारीले जानकारी दिए ।

सिन्धुलीमा कोरोना संक्रमणसँग लक्षण मिल्ने एक महिलाको मृत्यु

डा. राजभण्डारीका अनुसार ज्वरो अत्यधिक र स्वासप्रस्वासको समस्या भएकाले मृतकको स्वाब परीक्षणका लागि शुक्रबार नै काठमाडौं पठाइएको छ । सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार महोत्तरी घर भए पनि उनी असार ३ गतेदेखि घ्याङलेख गाउँपालिका–१, सिम्लेस्थित माइतीमा आएर बसेकी थिइन् ।

गाउँमै झारफुकमा लागेर समयमा अस्पताल नल्याएकाले उपचार सम्भव नभएको व्यवस्थापक श्रेष्ठको भनाइ छ । चारदिन अघिदेखि मृतक महिलालाई ज्वरो आएको आफन्तले बताएका छन् ।

स्वाब परीक्षणको रिपोर्ट नआएसम्म उपचारमा खटिएका चिकित्सक, कर्मचारी र आफन्तहरु क्वारेन्टाइनमा रहने समेत श्रेष्ठले जानकारी दिए । मृतक महिलाको शव भने आफन्तले बुझेर लगेका छन् ।

प्रकाशित : असार १२, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?