१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नेकपा बैठकमा सीमा विवादबारे छलफल, भारत वार्तामा बस्‍नै नचाहेको परराष्ट्रमन्त्रीको ब्रिफिङ

काठमाडौँ — सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठकमा भारतसँगको सीमा विवादका विषयमा छलफल भइरहेको छ । पर्यटनमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले बैठकमा दुई देशबीचको सीमा समस्याबारे छलफल भइरहेको जानकारी दिएका हुन् । नेता भट्टराईका अनुसार छि सबै सदस्यहरुले छिमेकी भारतसँग प्रभावकारी ढंगले वार्ता गरेर अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन् । 

नेकपा बैठकमा सीमा विवादबारे छलफल, भारत वार्तामा बस्‍नै नचाहेको परराष्ट्रमन्त्रीको ब्रिफिङ

बैठकमा आफ्ना धारणा राख्ने नेताहरुले डुबान र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि भारतसँग सरकारले प्रभावकारी वार्ता गर्नुपर्ने सुझाव दिएका छन् ।

बैठकमा परराष्ट्रमन्त्री रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सन् १८१६ देखिका सन्धि सम्झौतासहित नेपालले आफ्नो भूमि फिर्ता ल्याउनका लागि अहिलेसम्म गरेका सबै प्रयासबारे बैठकमा जानकारी गराएको थिए । उनले नोभेम्बर, डिसेम्बर र जनवरी गरी तीन पटकसम्म वार्ताको प्रस्ताव गर्दा पनि भारतले कुनै रेस्पोन्स नगरेको जानकारी दिएको नेता भट्टराईले बताए ।

पछिल्लो समय कोभिड–१९ को महामारी कम भएपछि वार्तामा बस्ने विभिन्न अनौपचारिक फोरमहरुबाट जानकारी आएको बैठकमा ज्ञवालीले ब्रिफिङ गरेका थिए । उनले वार्तामार्फत सीमा समस्या समाधान गरिनुपर्ने भए पनि भारतले वास्ता नगरेको बताएका थिए। पछिल्लो समय केही मिडियामा आएजस्तो छिमेकी चीनसँग भने कुनै सीमा समस्या नभएको पनि बैठकलाई जानकारी दिएका थिए । यदि त्यस्तो समस्या आइहालेछ भने पनि वार्तामार्फत समाधान गरिने बताएका थिए ।

बैठकमा अहिलेसम्म प्रदीप ज्ञवाली, लिलामणि पोखरेल, मात्रिका यादव, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृत बोहरा, पम्फा भुसालसहितका नेताले आफ्ना धारणा राखेका छन् ।

सीमा समस्याबारे बोल्न १० मिनेटको समय दिइएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपाको कार्यसूचि बदलिएको थियो । पहिलाको कार्यसूचि अनुसार सचिवालयका सदस्यहरुले धारणा राख्ने तय भएको थियो ।

यस्तै, कोभिड १९ को बारेमा उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले रिपोर्ट तयार भएपछि बैठकमा प्रस्तुत गर्ने नेता भट्टराईले बताए ।

बैठकमा शुक्रबार बिहान ११:२० मा बालुवाटारमा सुरु भएको थियो ।

प्रकाशित : असार १२, २०७७ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?