कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी

शुक्रबार सचिवालयका नेताहरुले बोल्ने

काठमाडौँ — सत्तारुढ दल नेकपाको स्थायी कमिटीको दोस्रो दिनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बुधबारदेखि सुरु भएको बैठकमा त्यो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले धारणा राखेका थिए ।

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा जारी

त्यसैदिन बैठकमा छलफलका लागि सात एजेण्डा तय भएको थियो । नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार दोस्रो दिनको बैठक शुक्रबार बिहान ११.२० मा सुरु भएको हो ।

बैठकमा सचिवालयका नेताहरुले आफ्ना धारणा राख्ने क्रम चलिरहेको एक नेताले जानकारी दिए ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायतका नेताहरु बोल्ने ती नेताले बताए ।

बैठक सञ्चालनलाई प्रभावकारी बनाउन बिहीबार दुई अध्यक्ष र महासचिवबीच छलफल भएको थियो । यस्तै अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल र महासचिव पौडेलबीच पनि बैठककै विषयलाई लिएर छलफल भएको थियो ।

प्रकाशित : असार १२, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?