कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘हङकङ मामिलामाथि सरकार बोल्नु असंलग्न नीतिविपरीत’

काठमाडौँ — हङकङ मामिलामाथि नेपाल सरकार बोलेको भन्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले आपत्ति जनाएकी छन् । परराष्ट्र मन्त्रालले जेठ २१ गते विज्ञप्ति जारी गर्दै हङकङमा कानुनी व्यवस्था कायम गर्न चीनको प्रयासलाई समर्थन गर्ने जनाएको थियो ।

‘हङकङ मामिलामाथि सरकार बोल्नु असंलग्न नीतिविपरीत’

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बिहीबार आफ्नो कुरा राख्ने क्रममा भुसालले नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई अपनाउने वा नअपनाउने भन्दै प्रश्न गरेकी थिइन् । ‘परराष्ट्र मन्त्रालयले हङकङ मामिलामा निकालेको विज्ञप्तिले हाम्रो असंलग्न परराष्ट्र नीतिमा कस्तो असर गर्छ,’ उनले थपिन् ।

उनले यस्तो विषयमा छलफलका लागि बैठक राख्न समिति सभापति पवित्रा निरौला खरेलसँग पनि आग्रह गरिन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले निकालेको उक्त विज्ञप्तिमा हङकङलाई चीनको अभिन्न अंगको रहेको उल्लेख गर्दै नेपालले फेरि एक चीन नीतिमा प्रतिबद्धता दोहोर्‍याएको जनाइएको थियो । यस्तै, परराष्ट्रले नेपालले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने कुरामा विश्वास लिएको पनि विज्ञप्तिमा थियो ।

प्रकाशित : असार १२, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?