संघीय संसद प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि छलफल हुनुपर्ने माग उठेको छ ।
सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्तीलाई नियुक्त गरेको छ । प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस समितिको सिफारिसमा घर्तीलाई नियुक्त गरेका हुन् ।
भारतले बाढी र डुबान समस्या समाधान सम्बन्धमा नेपालसँग समन्वय भइरहेको बताएको छ । भारतका विदेश मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले बाढी र डुबान समस्या सम्बोधनका लागि दुई देशबीच रहेको संयन्त्रले काम गरिरहेको बताएका हुन् ।
परराष्ट्र मन्त्रालयले नेपाल-चीनबीच कुनै पनि समस्या उब्जिए द्वीपक्षीय वार्ताद्वारा समाधान गर्ने जनाएको छ । संचारमाध्यममा चीनले नेपाली भूमि मिचेको भन्ने समाचार आएपछि ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरेर उक्त कुरा बताएको हो ।
नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा ३१२ डिस्चार्ज भएका छन् । साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १५, कोभिड १९ कमाण्ड अस्पताल बलम्बुबाट १, जलेश्वर अस्पताल महोत्तरीबाट २१, दुल्लु अस्पतालबाट ७, गौरीशंकर कलेज रौटहटबाट ८०, अल्पाइन नर्सिंङ इन्स्टिच्युट सर्लाहीबाट ६९, त्रिवि शिक्षण अस्पतालबाट २ र आइसोलेसन सेन्टर बाँके खजुराबाट ६ जना डिस्चार्ज भएका हुन् ।
कोरोना संक्रमणबाट थप दुईको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो । मृत्यु हुनेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुवारीका ५५ वर्षीय पुरुष र चितवनका ४९ वर्षीय पुरुष रहेका छन् ।
थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले गएको २४ घन्टामा ४३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
सुनसरीको धरानबाट प्रहरीले हतियारसहित चन्द समूहका सुनसरी इन्चार्ज बताउने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–६ घर भइ धरान–१५ बझगरामा बस्दै आएका २७ वर्षीय रोशन राई रहेका छन् ।
कर्णाली प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएपछि प्रदेश अस्पतालमा कार्यरत आठौं तहका चिकित्सकले आकस्मिक सेवामा बाहेक काम नगर्ने घोषणा गरेका छन् । बिहीबार उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।
आफ्नो वडामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरेको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले बिहीबार प्रहरी चेकपोस्टमा आक्रमण गरेका छन् । उक्त वडाको मजुवामा रहेको सातपत्रे घाटमा शव गाडिएको विरोधमा स्थानीयले कास्की र तनहुँको सीमामा राखिएको अस्थायी प्रहरी चेक पोस्टमा आक्रमण गरेका हुन् ।
बुधबारबाट सुरु भएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकमा सात एजेन्डा तय भएका छन् । ६ महिनाको अन्तराल र दुई पटकको स्थगनपछि बसेको बैठकलाई राष्ट्रिय राजनीति र नेकपाभित्रै पनि चासोपूर्वक हेरिएको छ ।
सरकारले भूउपयोग ऐनको मर्मविपरीत घरजग्गा व्यवसायीको स्वार्थमा जग्गाको कित्ताकाट तत्काल खोल्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनलाई देखाएर ऐनअनुसार जग्गाको वर्गीकरण नगरीकनै एक/दुई दिनभित्रै कित्ताकाट खोल्ने प्रक्रिया अघि बढाएको छ ।
काभ्रेको धुलिखेल–१ देवीटारका सरोज तामाङ साढे तीन वर्षअघि रोजगारीका लागि कुवेत पुगे । तर, पाँच महिनामै कम्पनी बन्द भएपछि मनग्गे कमाउने उनको सपना बिथोलियो ।
मनसुन सुरु भएसँगै असारदेखि असोजसम्म झापादेखि कञ्चनपुरसम्म सीमावर्ती भूभागमा बस्ने नेपाली बाढी आउला वा डुबान होला भन्ने चिन्ताले राम्ररी निदाउन सक्दैनन् । यो समस्या वर्षौंदेखिको भए पनि समाधानका लागि सरकारले कुनै पहल गरेको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले संसदीय समितिले गरेका सबै सहमतिलाई सरकारले मान्नुपर्छ भन्ने छैन भन्ने अभिव्यक्ति दिएपछि संघीय निजामती सेवासम्बन्धी विधेयकको प्रस्तावनामै फेरि छलफल हुने सम्भावना बढेको छ ।
घरपायक भन्दै नेपालगन्ज मेडिकल कलेजको जागिर छाडेर कर्णाली प्रदेश अस्पताल सुर्खेत आएकी डा. अस्मिता भट्टराई त्यहाँ धेरै समय बस्न पाइनन् । हाजिर भएको दुई महिनामै प्रदेश सरकारले वैशाख २९ गते सुर्खेतको चिङ्गाड गाउँपालिकास्थित अवलचिङ प्राथमिक स्वास्थ्य केन्द्रमा खटायो ।
धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोर प्रसाहीका १६ वर्षीय राजु सदाको क्वारेन्टाइन र आइसोलेसन केन्द्रको हेल्चेक्र्याइँले मृत्यु भएको परिवारले आरोप लगाएको छ । उनको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ र पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो ।
बजारमा गुणस्तरहीन मास्क बिक्रीवितरण भइरहेका बेला विशेषज्ञहरूले कपडाको तीन तह भएको मास्क कोरोना भाइरसको प्रसारलाई रोक्न उपयोगी हुने बताएका छन् । ग्रामीण क्षेत्रमा सर्जिकल मास्क पाउन मुस्किल हुने भएकाले कपडाको मास्क लगाउन सकिने उनीहरूको सुझाव छ ।
नेकपाका अध्यक्षद्वयलाई थाहा छ, आफूहरूबीच गहिरो समस्या छ । तर उनीहरूले त्यो समस्याको जड आफैं हो भन्ने स्वीकार्न नसक्दा एकीकृत पार्टीभित्रको मतभेद झन बढ्दै गइरहेको छ । एकअर्काविरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गरिवरी यसले पार नलाग्ने भयो भन्ने सोचेर फेरि मिलनबिन्दु पहिल्याउने अध्यक्षद्वयको सहमति उनीहरूकै व्यवहार र शैलीले भंग गरिदिएको छ ।
भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा पाल्पाका ९३ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३९ पुगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत स्याङ्जाका ५५ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिएका छन् ।
भिडियो कन्फरेन्स वा भर्चुअल बैठकका लागि सरकारी निकाय राष्ट्रिय सूचना प्रविधि केन्द्रले बनाएको वेब एप भए पनि प्राय: सरकारी कामकाजका लागि नि:शुल्क पाइने र लाइसेन्स किन्नुपर्ने थर्ड पार्टी एप प्रयोग भइरहेका छन् ।
कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुन संशोधनका लागि ल्याइएको विधेयक, नेपाल विशेष सेवा (गुप्तचर) को गठन र सञ्चालनसम्बन्धी विधेयक तथा नागरिकता विधेयकका विवादास्पद प्रावधान नसच्याइए संसद् अवरोध गर्ने चेतावनी दिएको छ ।