कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ओली र दाहाल बोलेपछि नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक शुक्रबार बस्ने

काठमाडौँ — सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सकिएको छ । बुधबार बिहान साढे ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गरेका थिए ।

ओली र दाहाल बोलेपछि नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक शुक्रबार बस्ने

बैठकले छलफलका लागि सात एजेण्डा पनि तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 'आज एजेण्डा तय गर्ने र अध्यक्षद्वयले धारणा राख्‍ने काम भयो । अब अर्को बैठकमा असार १२ गते बस्ने र सबै सदस्यहरुले खुलस्त आफ्ना धारणा राख्ने सहमति पछि बैठक सकियो,’ श्रेष्ठले भने ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अहिलेको परिस्थितिमा पार्टी, सरकारको कामबारे सकारात्मक सन्देश जानेगरी आफ्ना सुझाव, आलोचना र जिम्मेवारीपूर्वक छलफल गर्न आग्रह गरेका थिए । अध्यक्ष दाहालले पार्टी, कम्युनिस्ट आन्दोलन, देशको परिस्थिति, आदर्शलाई केन्द्रमा राखेर जिम्मेवारीका बारेमा गम्भिरतापूर्वक छलफल गर्न आग्रह गरेका थिए ।

बैठकमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्य, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल, सीमा समस्या र समाधान, सरकारका कामको समीक्षा, पार्टी एकताका बाँकी कामहरु, एमसीसी र विविध गरी सात एजेण्डा तय भएका छन् ।

विविधमा रुकुम घटनाको सन्दर्भ, प्रतिनिधिसभामा पेश भएको नागरिकता विधेयक र कोभिड– १९ को संकटका सन्दर्भमा सरकारले सबै कर्मचारीले बैठक भत्ता नलिने निर्णय गरेको सन्दर्भमा संघीय सांसद र प्रदेश सांसदले पनि बैठक भत्ता नलिने गरी अन्य पार्टीहरुसँग छलफल गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित : असार १०, २०७७ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?