कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

मंगलबार राति गरिएको पीसीआर परीक्षणमा अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालका अस्पताल निर्देशक डा.मंगल रावलले बताए । ‘संक्रमणको थप जोखिम बढ्ने भन्दै अस्पतालले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ,’ उलने भने, ‘प्रतिष्ठानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुको पीसीआर परीक्षण गर्ने तयारी गरिरहेका छौं । कर्मचारीहरुको पीसीआर परीक्षणसँगै कन्ट्याक्ट ट्रेसिङ पनि सुरु गरिने छ ।’

अस्पताका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बुधबार बिहान १० बजे जिल्लास्थित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को बैठक बस्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । ‘अस्पतालको इमर्जेन्सी सेवा बाहेका सबै सेवाहरु बन्द भैसकेका छन् । अस्पताल सिल गरिएको छ,’ उनले भने, ‘लकडाउनको मोडालिटीमा पनि छलफल गरिने छ । संक्रमण समुदायमा फैलनबाट कसरी रोक्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुने छ ।’


प्रकाशित : असार १०, २०७७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?