कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'हाच्छियुँ गरेर कोरोना निको हुने भए १० अर्ब किन खर्च गरेको ?'

काठमाडौँ — राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हाच्छियुँ गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गरेका छन् । 

'हाच्छियुँ गरेर कोरोना निको हुने भए १० अर्ब किन खर्च गरेको ?'

प्रधानमन्त्रीले बेला–बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले हाच्छियुँ गर्दा कोरोना निको हुने भए किन लकडाउन गरिएको हो भनेर प्रश्न गरे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सल्लाहकारहरुले भ्रममा पारेको समेत उनले आरोप लगाए ।

पुष्टि नै नभएका कुराहरु सल्लाहकारहरुले प्रधानमन्त्रीलाई सुनाएर संसदबाट समेत प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पारेको सांसद पन्थले आरोप लगाए । उनले भने, ‘कसले झुटा कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पार्नुभयो ? पुष्टि नभएका खबरहरु कसले प्रधानमन्त्रीज्यूलाई सुनाउँछ ? हाच्छियुँ–साच्छियुँ गरेर कोरोना जाने भए, लकडाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?’

स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले पनि संघ र प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरिरहेको उनले बताए । लामो समयदेखि आरडीटी परीक्षण बन्द गर्न सरकारलाई आग्रह गर्दा पनि नमाउनेको भन्दै उनले आरडीटी परीक्षण तत्काल रोकेर पीसीआरको दायरा बढाउनुपर्ने बताए । अत्यावश्यक स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति गरी, स्थानीय तहमा बनेका क्वारेन्टाइनहरुलाई मापदण्डअनुसार व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

सरकारले संविधानमा भएका कतिपय राजनीतिक सहमतिविपरीत विधेयकहरु ल्याउने गरेको भन्दै उनले राजनीतिक सहमतिहरु नतोड्न पनि आग्रह गरे ।

प्रकाशित : असार ९, २०७७ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?