१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

काठमाडौँ — कोरोना संक्रमणले थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी छत्रकोट गाउँपालिकाका वडा नं ५ का ६९ वर्षीय पुरुष रहेका छन् । ती पुरुषको मृत्युबारे आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आइतबारसम्म मृत्यु हुनेको संख्या २३ पुगेको बताए । ती पुरुष प्यारालाइसिस उपचार गरेर जेठ २५ गते नेपाल आएका थिए । उनी होम क्वारेन्टइनमा बसेका बेला असार ५ गते घरमै मृत्यु भएको थियो । उनको सोही दिन नमुना संकलन गरिएको थियो र ६ गते कोरोना पुष्टि भएको थियो ।

उनको सेनाको सहयोगमा दाहसंस्कार गरिसकिएको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका २, बाराका १, ललितपुरका १, अर्घाखाँचीका २, दैलेखका १, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका १, चितवनका १, विरगन्जका १, पर्साका १ र गुल्मीमा १ जनाको मृत्यु भएको हो ।

प्रकाशित : असार ७, २०७७ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?