कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अंगीकृत नागरिकता नपाइन्जेल विदेशी महिलालाई आवासीय अनुमतिपत्रको प्रस्ताव

के-के हुनेछन् अधिकार ?
जयसिंह महरा

काठमाडौँ — नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नेपालमा सात वर्ष लगातार बसेपछिमात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव गरेको प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले त्यस्ता महिलाका लागि आवासीय अनुमतिपत्रको प्रस्ताव अघि सारेको छ । 

अंगीकृत नागरिकता नपाइन्जेल विदेशी महिलालाई आवासीय अनुमतिपत्रको प्रस्ताव

आइतबार समितिको सचिवालयले नागरिकता सम्बन्धि कानून संशोधन गर्नका लागि संसदमा पेश भएको विधेयकमा थप गरेको प्रस्तावमा त्यस्ता महिलाले प्रयोग गर्न पाउने अधिकारहरुका ७ वटा बुँदा थप गरिएको छ । संशोधनमा ऐनको दफा ४ को उपदफा १ (ख) मा स्थायी आवासीय अनुमति पत्रको व्यवस्था गर्दै यस्तो अनुमतिपत्र पाएका महिलाले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने उल्लेख गरिएको छ । उपदफा १ को ग मा यी अधिकारलाई ७ बुँदामा उल्लेख गरिएको छ ।

जसअनुसार यस्तो अनुमतिपत्र प्राप्त महिलाले पाउने अधिकारको व्यवस्था यसरी गरिएको छ-

  • चल अचल सम्पति आर्जन गर्न, भोग चलन र बेचबिखन गर्न, व्यवसायिक लाभ प्राप्त गर्न र सम्पतिको अन्य कारोबार गर्न
  • पेशा व्यवसाय संचालन गर्न
  • उद्योग, व्यापार तथा व्यवसायको स्थापना र संचाल गर्न
  • जन्म, मृत्यु, विवाह, सम्बन्धबिच्छेद, बसाइसराजस्ता व्यक्तिगत घटना दर्ता गर्न
  • सेवाग्राहीको हैसियतले कानून बमोजिमका निकायबाट प्राप्त गर्ने सुविधा, छुटजस्ता सेवा उपयोग गर्न
  • कुनै पनि शैक्षिक संस्थामा अध्ययन गर्न, प्रमाणपत्र प्राप्त गर्न र अन्य आर्थिक सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्न
  • राष्ट्रिय परिचय पत्र प्राप्त गर्न।

यी अधिकारहरुमा राजनीतिक अधिकार र सरकारी जागिरमा दरखास्त दिन पाउनेजस्ता अधिकारबारे उल्लेख गरिएको छैन । अंगीकृत नागरिकता प्राप्त गरेपछि यो अनुमतिपत्र स्वत खारेज हुने पनि यसमा व्यवस्था गरिएको छ ।

सत्तारुढ नेकपाले संसद सचिवालयले गरेको प्रस्तावको पक्षमा निर्णय गरिसकेको छ भने विपक्षी कांग्रेस र जसपाले विरोध गरेका छन् । संसदले अघि सारेको नयाँ प्रस्तावबारे छलफल जारी छ । समितिमा आजै यसबारे टुंगो लगाउने संभावना रहेको बताइएको छ ।

प्रकाशित : असार ७, २०७७ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?