१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मनाङमा पनि कोरोना संक्रमित भेटिए

रसुवा, मुस्ताङ र ओखलढुंगाबाहेकका सबै जिल्लामा फैलियो संक्रमण 
लालप्रसाद शर्मा

पोखरा — हिमाली जिल्ला मनाङमा पनि कोरोना संक्रमीत भेटिएका छन । स्थायी ठेगाना कपिलवस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ  । मनाङको चामेस्थित कुनै एक सरकारी कार्यालयका कर्मचारी रहेका उनी हालैमात्र घर गएर मनाङ फर्किएको बुझिएको छ ।

मनाङमा पनि कोरोना संक्रमित भेटिए

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण ७४ जिल्लामा पुगेको छ । प्रदेश एकको ओखलढुंगा, गण्डकीको मुस्ताङ र वाग्मतीको रसुवामा भने अहिलेसम्म संक्रमण देखिएको छैन ।

गण्डकीमा बिहीबारमात्रै ४२ जना थप संक्रमित भेटिएका छन । पूर्वी नवलपरासीको मध्यबिन्दु र गैंडाकोट नगरपालिकाका गरी १८ पुरुष, तनहुँका १२, गोरखाका ११ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माका अनुसार मनाङकाबाहेक अरु संक्रमित सबै हालैमात्र भारतबाट फर्किएका हुन् ।

क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ । संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन । स्याङजाका एक जनाको भने मृत्यु भएको छ ।

प्रकाशित : असार ४, २०७७ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?