२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

बाँकेमा एकको मृत्यु, कोरोनाले मृत्यु हुनेको संख्या २० पुग्यो 

काठमाडौँ — कोरोना संक्रमणले थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकी वैजनाथ गाउँपालिकाका ६ की ४६ वर्षीया महिला रहेकी छिन् । ती महिलाको मृत्यु कोरोनाबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो । 

बाँकेमा एकको मृत्यु, कोरोनाले मृत्यु हुनेको संख्या २० पुग्यो 

मन्त्रालयका अनुसार उनी नेपाल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा जेठ ३० मा मिर्गौलासम्बन्धी समस्याका कारण भर्ना भएकी थिइन् । असार १ गते कोभिड परीक्षणका लागि स्वाब संकलन गरिएको र परीक्षण नतिजा नआउँदै उनको असार १ गते साँझ मृत्यु भएको थियो ।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो गरी मृत्यु हुनेको संख्या २० पुगेको जनाए ।

हालसम्म मृत्यु हुनेमा अर्घाखाँची, बारा, गुल्मी र बाँकेका २/२ जना छन् भने बाजुरा, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, डोल्पा, पाल्पा, दैलेख, सुर्खेत, पर्सा, कैलाली, स्याङ्जा र चितवनमा १/१ एक जनाको ज्यान गएको छ ।

प्रकाशित : असार ३, २०७७ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?