कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

डिल्लीबजार मालपोतका ६ जना कर्मचारी घूससहित पक्राउ

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका ६ जना कर्मचारीलाई घूससहित पक्राउ गरेको छ ।

डिल्लीबजार मालपोतका ६ जना कर्मचारी घूससहित पक्राउ

मंगलबार अपरान्ह उनीहरु घुससहित पक्राउ परेको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । उनीहरुबाट ८ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता कोइरालाले बताए ।

पक्राउ पर्नेहरुमा मालपोल अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा, र गोपाल खड्का खरिदार दीपक खनाल, नवराज घिमिरे, नारायप्रसाद पोखरेल रहेका छन् ।

लकडाउनका कारण लामो समय बन्द रहेका देशभरका मालपोत कार्यालयहरु आइतबारदेखि खुलेका थिए ।

प्रकाशित : असार ३, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?