अर्घाखाँचीमा गर्भवतीलाई कोरोना संक्रमण
अर्घाखाँची — पाणिनी गाउँपालिका–८ पालीकी गर्भवतीलाई कोरोना संक्रमण देखिएको छ ।
भारतबाट फर्किएर गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेकी उनको स्वाब परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।
उनी कमला माविको क्वारेन्टाइनमा जेठ १० गते आएकी थिइन् । १७ वर्षीया ती युवतीको पेटमा तीन महिनाको बच्चा रहेको जनस्वास्थ्य निरीक्षकले बताए । ती युवती भारतको हरियाणामा श्रीमान्सँग उनी बस्दै आएकी थिइन् ।
प्रकाशित : असार १, २०७७ २२:०९