१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अर्घाखाँचीमा गर्भवतीलाई कोरोना संक्रमण

वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनी गाउँपालिका–८ पालीकी गर्भवतीलाई कोरोना संक्रमण देखिएको छ ।

अर्घाखाँचीमा गर्भवतीलाई कोरोना संक्रमण

भारतबाट फर्किएर गाउँपालिकाले बनाएको क्‍वारेन्टाइनमा बसेकी उनको स्वाब परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।

उनी कमला माविको क्वारेन्टाइनमा जेठ १० गते आएकी थिइन् । १७ वर्षीया ती युवतीको पेटमा तीन महिनाको बच्चा रहेको जनस्वास्थ्य निरीक्षकले बताए । ती युवती भारतको हरियाणामा श्रीमान्‌सँग उनी बस्दै आएकी थिइन् ।

प्रकाशित : असार १, २०७७ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?