२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रुकुम हत्याकाण्डको विरोधमा माइतीघरमा प्रदर्शन- 'न्याय हरण हुनलाग्यो'

काठमाडौँ — रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीमा जेठ १० गते भएको हत्याकाण्डको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । दलितमाथि जातीय आधारमा हत्याका‌ण्ड मच्चाइएको भए पनि राज्य संयन्त्र नै लागेर यसलाई दबाउन खोजिएको विरोध प्रदर्शनका वक्ताहरुले बताएका छन् । 

रुकुम हत्याकाण्डको विरोधमा माइतीघरमा प्रदर्शन- 'न्याय हरण हुनलाग्यो'

लेखक तथा राजनीतिज्ञ आहुतिले योजनाबद्ध ढंगले दबाउन खोजिएको बताए । उनले घटनालगत्तै स्थानीय राजनीतिक नेतृत्व र प्रशासन मिलेर घटना लुकाउने प्रपञ्च गरेको अनुसन्धानबाट पत्ता लागेको बताए । 'चौरजहारीका मेयरले त्यहाँका सिडियोलगायतका सँग मिटिङ गरेर घटना लुकाउने योजना बनाएको पत्ता लागेको छ,' उनले भने । न्याय हरण हुन लागेको भन्दै उनले न्याय जोगाउन सबै जाग्नुपर्ने बताए ।


विरोध सभामा बोल्दै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले दलितहरुमाथि सँधै दमन हुँदै आएको बताएका थिए । विश्लेषक श्याम श्रेष्ठले यो घटनाको विरोधमा अमेरिकामा जर्ज फ्लोएडको हत्याको विरोध भएकोजस्तो प्रदर्शन हुने अपेक्षा गरेको तर यसलाई सहरी समाजले वास्तै नगरेको देख्दा छक्क परेको बताए । 'दलित भएर प्रेम गरेको आधारमा ६ जना युवाको हत्या हुँदा हाम्रो समाज मौन बसेको छ,' उनले यो मौनता तोडिनु पर्ने पनि बताए ।


आहुतिले पहाडमा मात्र नभई तराई पनि उस्तै दमन भएको उल्लेख गर्दै रुपन्देहीमा बलत्कारपछि हत्या गरिएकी दलित किशोरी अंगिरा पासीका लागि पनि न्याय माग्न सबैले आवाज उठाउनु पर्ने बताएका थिए ।



प्रकाशित : जेष्ठ ३२, २०७७ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?