३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतीय नागरिकद्वारा सशस्त्र प्रहरीमाथि आक्रमण

कमल पन्थी

बर्दिया — सीमावर्ती भारत बहराइच जिल्लाको भादापुरुवाबाट आएका ३/४ जना भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । जबरजस्ती बर्दिया पस्‍न खोजेपछि उनीहरुलाई रोक्न खोज्दा सशस्त्रमाथि आक्रमण गरेका हुन् ।

हतियार बिना तैनाथ सशस्त्र प्रहरीले शनिबार दिउँसो खर्बुजा लिन नेपाल छिरेका भारतीयलाई नसोधेर किन नेपाल पसेको भन्दै सोधपुछ गर्दा विवाद भएको थियो ।

गुलरिया नगरपालिका—८ को ५७ नम्बर पिलर नजिक भारतीय नागरिकले त्यहाँ तैनाथ दुई जना सशस्त्र प्रहरीलाई दुर्व्यवहार गर्न थालेपछि स्थिती तनाव भएको थियो । सीमा नजिक रहेको भारतीय गाउँ भादापुरुवाबाट पनि करिब २० जनाले लाठी लिएर नेपाली सीमाभित्र प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए ।

खेतमा काम गरिरहेका स्थानीयले प्रतिवाद गरि भारतीयलाई त्यहाँबाट लखेटेर भारत पठाएका थिए ।

घटना लगतै थप सुरक्षा बल घटनास्थलतर्फ गएका छन् । एसएसबी पनि तत्काल सीमा क्षेत्रमा आएर स्थिती मत्थर पारेको छ । सशस्त्र प्रहरी उपरीक्षक यादव विकले भारतीय सुरक्षा बल एसएसबीले दुर्व्यवहार गर्ने भारतीय नागरिकमाथि कारबाही गरिने जानकारी दिएको बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७७ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?