कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भारतीय नागरिकले सशस्त्र प्रहरीको हतियार खोसेपछि सर्लाही सीमामा तनाव

प्रहरीद्वारा गोली प्रहार : एकको अवस्था गम्भीर
ओमप्रकाश ठाकुर

सर्लाही — भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ ।

ड्युटीमा खटिएका एक प्रहरीको हतियारसमेत उनीहरुले खोसेर लाने क्रममा सशस्त्र प्रहरीले फायरिङ गरेको छ । सशस्त्र प्रहरीको फायरिङबाट दुई भारतीयलाई घुँडामुनि गोली लागेको छ । एकको अवस्था गम्भीर छ । सशस्त्र प्रहरीको हतियार खोस्ने भारतीयलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । उनलाई पनि गोली लागेको छ ।

शुक्रबार बिहान चार जनाको समूहमा आएका भारतीय व्यापारी सामान लिएर जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसलगत्तै ती व्यापारीहरु नजिकको भारतीय गाउँमा गएर नेपाली प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै सयौंको संख्यामा उनीहरु सीमामा आएका थिए ।

समूहमा आएका भारतीय नागरिकले सीमामा खटिएका प्रहरीसँग रहेको हतियार खोस्न थालेपछि एकछिन झडप समेत भएको थियो । त्यस क्रममा केही प्रहरी समेत घाइते भएका छन् । भीड तितरबितर नभएपछि र प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन गोली प्रहार गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । उनले सीमामा तनाव रहेको जनाउँदै दुई जना भरतीयलाई गोली लागेको जानकारी दिए ।

घटनालगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्च अधिकारी र भारतका सीमा सुरक्षा बल घटनास्थल पुगिरहेका छन् । केही दिनअघि मात्र सर्लाहीको फेनहारामा तस्करहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७७ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?