१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पछिल्लो २४ घन्टामा १ सय ८७ डिस्चार्ज, कोरोना निको हुनेको संख्या ८ सय ६१ पुग्यो

काठमाडौँ — नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । निको हुनेमा ८ महिला र १ सय ७९ पुरुष रहेका छन् । यो सँगै निको हुनेको संख्या ८ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  

पछिल्लो २४ घन्टामा १ सय ८७ डिस्चार्ज, कोरोना निको हुनेको संख्या ८ सय ६१ पुग्यो

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७५ हजार १४३ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख १५ हजार ९३० परीक्षणहरु गरिएका छन् । हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख ६२ हजार १३ जना रहेका छन् ।

त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ३ हजार ७३८ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक र चितवनका एक गरी १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७७ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?