सरकार विरोधी प्रदर्शनमाथि पानीको फोहोरा र अश्रुग्यास [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — सरकारी रवैयाको विरोधमा काठमाडौंको बालुवाटार र नक्साल क्षेत्रमा प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकरीलाई प्रहरीले तितरवितर बनाउन खोजेको थियो । बालुवाटारमा मंगलबार भएको प्रदर्शनमा पनि प्रहरीले पानीको फोहोरा हानेको थियो । बिहीबार भने ४-५ राउन्ड अश्रुग्यास पनि हानिएको एक प्रदर्शनकारीले बताए ।  

सरकार विरोधी प्रदर्शनमाथि पानीको फोहोरा र अश्रुग्यास [तस्बिरहरु]

पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, आरडिटी परीक्षणलाई नै निरन्तरता दिइएको, कोरोना नियन्त्रणमा खर्च गरिएको पैसाको विवरण सार्वजनिक नगरिएको, करमा जथाभावी गरिएको तथा महामारीसँग जुध्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका थिए ।

प्रकाशित : जेष्ठ २९, २०७७ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?