राहत दिने सहमति भएपछि शवको पोष्टमार्टम गर्ने तयारी

सामूहिक हत्या प्रकरण
घनश्याम गौतम

रूपन्देही — सामूहिक हत्या गरिएका तिलोत्तमा नगरपालिका–१० मैनहवाका चार परिवारलाई तिलोत्तमा नगरपालिका र फर्म सञ्‍चालकले मृतकका परिवारलाई राहत दिने सहमति भएपछि आफन्‍तले शव पोष्टमार्टम गर्ने सहमति गरेका छन् ।

राहत दिने सहमति भएपछि शवको पोष्टमार्टम गर्ने तयारी

नगरपालिकामा स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, प्रहरी र पीडितकातर्फबाट बुधबार भएको छलफलमा नगरपालिकाले प्रति परिवार २५ हजार रुपैयाँ र गंगादेवी पशु फर्म सञ्‍चालक कृष्णबहादुर पुनकोतर्फबाट प्रति परिवार १ लाख रुपैयाँ राहत दिने सहमति भएको हो ।

नगरप्रमुख बासुदेव घिमिरले सहमतिमा पीडितका परिवारले हस्ताक्षर गरेर बुधबार नै पोष्टमार्टम गरी शव बुझ्‍ने तयारी गरेको बताए । उनका अनुसार नगरपालिकाले तत्कालै र फर्म मालिकले २० दिनभित्र राहत परिवारलाई उपलब्ध गराउने छन् । क्षतिपूर्तिको माग गर्दै पोष्टमार्टमका लागि स्वीकृति नदिएपछि मंगलबारदेखि नै शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको थियो ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित गंगा पशुपंक्षी फर्ममा सोमबार राति एकै व्यक्तिले ५ जनाको सामूहिक हत्या भएको थियो । हत्या गरेको आशंकामा सुर्खेतको लेकबेंशी नगरपालिका–५ नेटा स्थायी बसोबास भइ मैनहवामा बस्दै आएका ३२ वर्षिय झसेन्द्रबहादुर सिंजालीलाई प्रहरीले निन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

यो पनि पढ्नुहोस्ः

‘सनक’ मै सामूहिक हत्या

प्रकाशित : जेष्ठ २८, २०७७ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?