कोरोना निको भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना घर फर्किए
जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट मंगलबार १८ जना कोरानो निको भएर घर फर्किएका छन् ।
कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा बसेको बेला कोरोना भाइरस पोजिटिभ देखिएका उनीहरुको मंगलबार गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनीहरु एक सातादेखि अस्पतालको आइसोलेसनमा थिए । उक्त अस्पतालमा अझै ८ जना उपचारार्थ छन् । उनीहरुको अवस्था पनि सामान्य छ ।
अस्पतालबाट डिस्चार्ज भएका १८ जनालाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले खादा लगाएर अस्पतालबाट बिदा गरेका छन् ।
प्रतिक्रिया