१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चितवनमा कोरोना संक्रमित एक व्यक्तिको निधन

रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमण देखिएका चितवनका एक व्यक्तिको मंगलबार बिहान निधन भएको छ । भरतपुरको निजी अस्पताल नारायणी सामुदायिकमा उपचार गराइरहेका भरतपुर महानगर–११ का ६८ वर्षीय उनलाई सोमबार कोरोना पुष्टि भएको थियो ।

चितवनमा कोरोना संक्रमित एक व्यक्तिको निधन

आईसीयूमा राखिएका उनलाई सोमबार राति नै भरतपुर अस्पतालको आइसोलेसनमा पठाइएको थियो ।

‘आईसीयूमा गम्भीर अवस्थामा पुगेको बिरामीलाई संक्रमण पुष्टि भएपछि हिजो साँझ हामीकहाँ पठाइयो । हाम्रा चिकित्सकले सकेको उपचार जारी राखे तर बचाउन सकेनन्,’ भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले भने । उनका अनुसार ती संक्रमितको मंगलबार बिहान ७ बजे निधन भएको हो ।

मधुमेह र रक्तचापसम्बन्धी समस्या रहेका उनमा कोरोना संक्रमणसँगै निमोनिया पनि देखिएको चिकित्सकले बताएका छन् । उनको निधनबारे अस्पतालले छिट्टै औपचारिक विवरणसहित जानकारी सार्वजनिक गर्ने तयारी गरेको डा.तिवारीले बताए । हिजो मात्रै चितवनमा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । कोरोनाका कारण निधन भएको चितवनमा यो पहिलो घटना हो ।

प्रकाशित : जेष्ठ २७, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?