कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कोरोनाले स्याङ्जाका एकको मृत्यु, मृतकको संख्या १४ पुग्यो 

काठमाडौँ — कोरोना भाइरसले थप एकको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका वडा नं ३ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । 

कोरोनाले स्याङ्जाका एकको मृत्यु, मृतकको संख्या १४ पुग्यो 

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै मृत्यु हुनेको संख्या १४ पुगेको बताए । हालसम्म यो संख्या गरी कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक,सुर्खेतका एक, कैलालीका एक र डोल्पाका एक गरी १४ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?