३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जनता समाजवादी पार्टीको नेतृत्वमा जुट्यो सहमति

संघीय परिषद्को अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव
पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने तयारी 
बबिता शर्मा

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर बन्न लागेको जनता समाजवादी पार्टीको नेतृत्व टुंगो लागेको छ । नेतृत्वमा सहमति जुटेसँगै जनता समाजवादी पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोग जाने तयारी भएको नेता नवराज सुवेदीले बताए । 

जनता समाजवादी पार्टीको नेतृत्वमा जुट्यो सहमति

एकीकृत पार्टीको संघीय परिषद्को अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहने सहमति जुटेको हो । अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहने भएका छन् ।

दुई दलले वैशाख १० गते राति एकताका लागि सैद्धान्तिक सहमति गरेका थिए । त्यसको भोलिपल्ट अर्थात ११ गते नेताहरु निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि दुई दलले हतारमा पार्टी एकताको सैद्धान्तिक घोषणा गरेका थिए ।

प्रकाशित : जेष्ठ २५, २०७७ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?