कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

दैनिक कोभिड–१९ बाट निको भएर घर फर्कनेको संख्या वृद्धि, शनिबार ३२ डिस्चार्ज

काठमाडौँ — अहिलेसम्म कोभिड–१९ संक्रमित ३६५ निको भएका छन् । संक्रमित बढेसँगै दैनिक कोभिड–१९ बाट निको भएर घर फर्कनेका संख्या पनि वृद्धि हुँदै गएको छ । 

दैनिक कोभिड–१९ बाट निको भएर घर फर्कनेको संख्या वृद्धि, शनिबार ३२ डिस्चार्ज

अहिलेसम्म ७० जिल्लामा ३ हजार २३५ संक्रमित पृष्टि भएका छन् । शुक्रबार एकैदिन ४३ जनाले संक्रमण जितेर घर फर्किएका थिए भने शनिबारमात्र ३२ जनाले जितेर घर गएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले शनिबार विभिन्न अस्पतालबाट ३२ जना डिस्चार्ज भएका जानकारी दिए । डिस्चार्जमध्ये ५ महिला र २७ पुरुष रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३६५ पुगेको छ । तीमध्ये २९९ पुरुष र ६६ महिला छन् ।

जनकपुर प्रादेशिक अस्पतालमा रहेका धनुषा, महोत्तरी, सर्लाही, झापाका १५ जना डिस्चार्ज भएका छन् । तीमध्ये १ महिला र १४ पुरुष रहेका छन् । १८ वर्षदेखि ४५ वर्षका उनीहरु १२औं दिनदेखि १७औं दिनसम्म अस्पतालमा रहेर डिस्चार्ज भएका हुन् । यस्तै बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका २ महिला र २ पुरुष डिस्चार्ज भएका छन् । उनीहरु बाँके र गुल्मीका हुन् । २३ देखि ३५ वर्ष उमेर समूहका उनीहरु १५ औं दिनदेखि १७औं दिनमा डिस्चार्ज भएका हुन् ।

सेती प्रादेशिक अस्पतालबाट बैतडी र अछामका ५ रहेका छन् । तीमध्ये १ महिला छन् । ११ वर्षदेखि ३८ वर्ष उमेर समूहका ११‍औं देखि १४‍औं दिनमा डिस्चार्ज भएका हुन् ।

यसैगरी सुर्खेत अस्पतालमा रहेका ७ जना पनि शनिबार डिस्चार्ज भएका छन् । सुर्खेतका ६ जना १६ देखि ३६ वर्ष उमेर समूहका पुरुष र १ मुगुकी ३५ वर्षीया महिला छन् ।


प्रकाशित : जेष्ठ २४, २०७७ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?